Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

अन्तर्राष्ट्रियस्तरको कभर्ड हल बनाउँछौं : प्रधानमन्त्री ओली

अन्तर्राष्ट्रियस्तरको कभर्ड हल बनाउँछौं : प्रधानमन्त्री ओली

सोमवार , भाद्र ३, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भलिबल खेलाडीको मागअनुसार अन्तर्राष्ट्रियस्तरको कभर्ड हल बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

आज राष्ट्रिय महिला भलिबल टिमसँग छलफल गर्दै प्रधानमन्त्री ओलीले मनोबल उच्च बनाएर प्रदर्शन गर्दा सफलता मिल्ने बताएका हुन्।

प्रधानमन्त्री ओलीले भने, ‘हामीले खेल खेल्ने भनेकै जित्नका लागि हो, त्यसकारण राम्रो ध्यान दिएर जित्छु भन्ने आशा बोकेर लाग्नुस्। सफलता पक्कै मिल्नेछ।’

प्रधानमन्त्री ओलीले दुई साता अघि सम्पन्न ‘काभा वुमन्स नेसन्स भलिबल प्रतियोगिता’ हेर्न आफूले चाहे पनि मन्त्रिपरिषद्को आकस्मिक बैठकका कारण जान नसकेको अवगत गराउँदै खेलाडीका प्रगति, चाहना र मागबारे आफू जानकार रहेको सुनाए।

प्रधानमन्त्री ओलीले प्रतियोगिताका उपविजेता खेलाडीलाई नेपाल सरकारले जनही रु तीन लाख दिने निर्णय गरेको जानकारी गराएका थिए।

प्रधानमन्त्री ओलीले गत महिना नेपालमा रहेका रसियाली महिला भलिबल खेलाडीले आफूसँगको भेटमा नेपाली टिमको प्रशंसा गरेको स्मरण गर्दै विश्वस्तरका खेलाडीबाट भएको प्रशंसाभित्र नेपाली टिमको सम्भावना लुकेको उल्लेख गरे।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077