Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अरुणिमाले कसिन् कांग्रेस नेता युवराजसँग लगनगाँठो

अरुणिमाले कसिन् कांग्रेस नेता युवराजसँग लगनगाँठो

सोमवार , भाद्र ३, २०८१

काठमाडौं । अभिनेत्री अरुणिमा लम्सालले कांग्रेस नेता युवराज श्रेष्ठसँग विवाह गरेकी छन् ।

सोमबार काठमाडौंको बत्तीसपुतलीस्थित राम मन्दिरमा लम्सालले श्रेष्ठसँग लगनगाँठो कसेकी हुन्।

श्रेष्ठ बराहक्षेत्र नगरपालिका, चतरा सुनसरीका स्थानीय कांग्रेस नेता हुन् । उनी बराहक्षेत्र नगर कमिटीका उपसभापति समेत हुन् ।

उनीहरुले मागी विवाह गरेको बताइएको छ । केही दिनअघि यी दुईजनाले सुनसरी जिल्ला अदालतमा कोर्ट म्यारिज समेत गरिसकेका छन् ।

अदालती विवाहपछि मन्दिरमा धार्मिक विधिअनुसार पूजा गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077