Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

हत्या आरोपमा एकै घरका तीनजना पक्राउ

हत्या आरोपमा एकै घरका तीनजना पक्राउ

मंगलवार , भाद्र ४, २०८१

रुकुम–पश्चिम । रुकुमपश्चिमको त्रिवेणी गाउँपालिका–४ स्थित दम्दुका एक पुरुषको हत्या आरोपमा एकै घरका तीनजना पक्राउ परेका छन् ।

अन्दाजी ४३ वर्षीय दिलबहादुर बुढाको हत्या गरेको आरोपमा सोही वडाको कलटाकुरा बस्ने एकै घरका तीन जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा ६१ वर्षीय मोहवीर खत्री, उनका कान्छो छोरा २६ वर्षीय सन्तोष केसी र सन्तोषकी श्रीमती २४ वर्षीया मिनाकुमारी बुढाथोकी केसीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक बखतबहादुर शाहीले जानकारी दिए ।

उनका अनुसार बुढाको आइतबार राति १० बजेतिर मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077