Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

नेपाल प्रहरीका डीएसपी शाही अनिवार्य अवकाशमा, डीआईजी केसीले गरे बिदाइ

नेपाल प्रहरीका डीएसपी शाही अनिवार्य अवकाशमा, डीआईजी केसीले गरे बिदाइ

मंगलवार , भाद्र ४, २०८१

कैलाली । नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) कलेन्द्र बिक्रम शाही अनिवार्य अवकाशमा गएका छन् । उमेर हदका कारण डीएसपी शाही अनिवार्य अवकाशमा गएका हुन् ।

उनी २९ बर्ष ५ महिना ३ दिन सेवा गरी आजबाट बिदा भएका हुन् । उनलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच प्रहरी नायव महानिरीक्षक (डीआईजी) रबिन्द्र केसीले बिदाइ गरे ।

सो अवसरमा डीआईजी केसीले संगठनमा सक्रिय सदस्यको रूपमा रहँदा अनुशासित र निष्ठावान रहि आफ्नो जिम्मेवारी सफलतापूर्वक निर्वाह गरि संगठनमा पुर्‍याएको योगदानको उच्च कदर स्वरुप डीएसपी शाहीलाई मायाको चिनोसमेत प्रदान गरे ।

साथै नागरिक जीवनमा पनि समाजमा शान्ति-सुरक्षा र अमन चयन कायम गर्न वर्दी विनाको प्रहरीको रुपमा भुमिका निर्वाह गर्न उनले आग्रह गरे ।

कार्यक्रममा अवकाशमा जान लागेका डीएसपी शाहीले आफुले सशस्त्र द्वन्द देखि बिभिन्न राजनितिक परिवर्तनहरुमा राष्ट्र र संगठनले सुम्पेको जिम्मेवारी आफ्नो ज्ञान, सिप र क्षमताले भ्याएसम्म निष्ठापुर्वक सम्पन्न गरेको बताए ।

साथै प्रहरी सेवामा रहँदा आफ्नो जिम्मेवारी निर्वाह गर्ने क्रममा संगठनका अग्रजहरु तथा परिवारजनबाट समेत साथ, सहयोग र शुभेच्छा प्राप्त भएको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077