Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

लागूऔषध खैरो हेरोइनसहित नागढुंगाबाट दुई जना पक्राउ

लागूऔषध खैरो हेरोइनसहित नागढुंगाबाट दुई जना पक्राउ

मंगलवार , भाद्र ४, २०८१

काठमाडौं । प्रहरीले अवैध लागूऔषध खैरो हेरोइनसहित नागढुंगाबाट दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा इटहरीका सुरेश थापा र नुवाकोटका रामकुमार थपलिया रहेका छन् ।

प्रहरी वृत थानकोटको टोलीले धरानदेखि काठमाडौं आउँदै गरेको बसमा सवार सुनसरी इटहरीका थापालाई ९७.७ ग्राम खैरो हेरोइनसहित पक्राउ गरेको हो ।

थप अनुसन्धानका क्रममा बालाजु माछापोखरीबाट नुवाकोटका थपलियालाई ४ ग्राम हेरोइन र ७५ हजार पाँच सय रुपैयाँसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार थापाले कालो रंगको झोला भित्र हेरोइन लुकाएर ल्याएका थिए ।

माछापोखरीमा थपलिया उक्त लागूऔषध रिसिभ गर्न बसेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

पक्राउ परेका दुवैमाथि थानकोट प्रहरी वृत्तले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077