Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

बंगलादेशसँग श्रीलंका पराजित भएपछि नेपाल सेमिफाइनलमा

बंगलादेशसँग श्रीलंका पराजित भएपछि नेपाल सेमिफाइनलमा

मंगलवार , भाद्र ४, २०८१

काठमाडौं । साफ च्याम्पियनसिपमा बंगलादेशले श्रीलंकालाई पराजित गरेसँगै नेपाल एक खेलअघि नै सेमिफाइनल प्रवेश गरेको छ ।

मंगलबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको समूह ‘ए’ को खेलमा बंगालदेशले श्रीलंकालाई २-० गोलले पराजित गरेको हो ।

यसअघि समूह ए को पहिलो खेलमा नेपालले श्रीलंकालाई १-० ले पराजित गरेको थियो ।

बंगलादेशले पनि श्रीलंकालाई हराएपछि दुवै टोलीले समूहको अन्तिम खेल अघि नै सेमिफाइनलमा स्थान पक्का गरेका हुन् ।

लगातार दुई हारपछि श्रीलंका भने समूह चरणबाटै बाहिरिएको छ ।

अब बिहीबार नेपाल र बंगलादेशबीचको खेलले समूह एको विजेताको टुङ्गो लाग्नेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077