एजेन्सी । जर्मनीका गोलकिपर मानुएल नोयाले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरेका छन् ।
३८ वर्षीय नोयरले बुधबार अन्तर्राष्ट्रिय फुटबल करिअरलाई विश्राम दिने निर्णय लिएका हुन् ।
सन् २०१४ मा जर्मनीका लागि विश्वकप उपाधि जितेका नोएरले जर्मनीका लागि १२४ खेल खेलेका छन् ।
३८ वर्षीय बायर्न म्युनिखका गोलकिपर नोएरले सन् २००९ मा जर्मनीका लागि डेब्यु गरेका थिए ।