Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

चितवनमा भोलि 'ब्राईट स्टार' सांगीतिक साँझ हुने

चितवनमा भोलि 'ब्राईट स्टार' सांगीतिक साँझ हुने

बिहिवार , भाद्र ६, २०८१

चितवन । चितवनको भरतपुरमा भदौ ७ गते साङ्गीतिक साँझ हुने भएको छ ।

ब्राईट स्टार सांगीतिक साँझ भोलि चितवनको होटेल सिराईचुलीमा हुन् लागेको हो ।

ब्राईट स्टार समाज नेपालमा आश्रित बालबालिकाहरूको सहयोगार्थ भोलि साँझ ७ बजेबाट होटेल सिराईचुलीमा म्यूजिकल ईभेन्ट्स आयोजना गरिएको छ ।

लामो समयदेखि चितवनमा सामाजिक कार्य तथा साङ्गीतिक कार्यक्रम गर्दै आएका सुरेश जोशीको विशेष पहलमा ब्राईट स्टार साङ्गीतिक साँझ गरिन लागेको हो ।

कार्यक्रममा गायिका विन्दु परियार र रेस्मा पुनसँगै गायक अलिफ खानले साङ्गीतिक साँझमा विशेष प्रस्तुति दिने छन् । स्थानिय गायक राजीव डङ्गोलले समेत कार्यक्रममा प्रस्तुति दिनेछन् ।

कार्यक्रममा डान्सर सन्ध्या सानुले समेत विशेष प्रस्तुति दिने कार्यक्रम संयोजक जोशीले बताए । कार्यक्रममा प्रवेशका लागि १ हजार रुपैयाँको टिकट तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077