Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

साफ यू-२० च्याम्पियनसिप : बंगलादेशलाई हराउँदै नेपाल समूह विजेता

साफ यू-२० च्याम्पियनसिप : बंगलादेशलाई हराउँदै नेपाल समूह विजेता

बिहिवार , भाद्र ६, २०८१

काठमाडौं । साफ यू-२० च्याम्पियनसिपअन्तर्गत आज भएको खेलमा बंगलादेशलाई हराउँदै नेपाल समूहको विजेता भएको छ।

यसअघि नै सेमिफाइनलमा पुगेको नेपालले बंगलादेशलाई २-१ को अन्तरले हराउँदै समूह विजेता बनेको हो।

यसअघि आफ्नो पहिलो खेलमा श्रीलंकालाई हराएका दुवै टोली सेमिफाइनलमा पुगिसकेका थिए।

अर्को समूहबाट भारत, माल्लिभ्स र भुटान मध्ये दुई टोली सेमिफाइनल पुग्नेछन्। बिहीबार भएको खेलका तीनै गोल पहिलो हाफमा भएका थिए।

पहिलो हाफमा नेपालले दुई मिनेटको अन्तरमा दुई गोल गरेको थियो। खेलको १७ मिनेटमा समिर तामाङको गोलबाट नेपालले अग्रता लियो।

डिबक्स बाहिर रहेका बंगलादेशका गोलकिपर हसन साब्रोनले बल नियन्त्रण गर्न ढिला गरेपछि समिरले उनको खुट्टाबाट बल खोस्दै खाली पोस्टमा गोल गरेका थिए।

त्यसको एक मिनेटपछि निराजन धामीले नेपालको अग्रता दोब्बर पारे। उनले डिबक्स भित्र प्रात पासमा उत्कृष्ट फिनिसिङ गरेका थिए। ४३ औं मिनेटमा बंगलादेशले पेनाल्टीमा गोल फर्काएको हो।

नेपालका राम थापाले बंगलादेशका मिराजुल इस्लामलाई पेनाल्टी बक्समा फल गरेपछि बंगलादेशले पेनाल्टी पाएको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077