Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

विष्णु माझीको तीज गीत ‘आइनँ आमा’ सार्वजनिक [भिडिओसहित]

विष्णु माझीको तीज गीत ‘आइनँ आमा’ सार्वजनिक [भिडिओसहित]

शनिवार , भाद्र ८, २०८१

काठमाडौं । गायिका विष्णु माझीको तीज गीत सार्वजनिक भएको छ ।

उनको स्वर समावेश तीज गीत ‘पुतलीको भट्टी’ भाग २० अन्तर्गत ‘आइनँ आमा’ शनिबार युट्युबमा सार्वजनिक भएको हो ।

सपना म्युजिक इन्डस्ट्री नामक युट्युब च्यानलबाट सार्वजनिक गीतमा गायिका विष्णुका पति सुन्दरमणि अधिकारीको शब्द तथा संगीत छ।

गीतलाई आशिष अविरलले एरेन्ज तथा मिक्सिङ गरेका हुन्। सुन्दरमणिकै निर्देशनमा तयार भिडिओमा मोडल ललिता फिचर्ड छिन्।

मौसम हिमालीको कोरियोग्राफी रहेको भिडिओलाई शम्भु चालिसेले छायांकन र प्रविन भट्टले सम्पादन गरेका हुन् । माझी हरेक वर्ष तीजमा नयाँ गीत सार्वजनिक गर्दै आएकी छिन् ।

https://youtu.be/TQ0ElQ2TkmQ

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077