Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सौगात मल्लको ‘बम बहादुर’ कार्तिक ३० मा प्रदर्शन हुने

सौगात मल्लको ‘बम बहादुर’ कार्तिक ३० मा प्रदर्शन हुने

सोमवार , भाद्र १०, २०८१

काठमाडौं । फिल्म ‘बम बहादुर’ आगामी कार्तिक ३० गते प्रदर्शनमा आउने भएको छ ।

निर्माण टोलीले एक पोस्टर रिलिज गर्दै प्रदर्शन मिति सार्वजनिक गरेको हो ।

पोस्टरको पृष्ठभूमिमा अभिनेता सौगात मल्ललाई लडाकुको पोसाकमा देखाइएको छ ।

जोन राईको निर्देशन रहेको फिल्ममा सस्पेन्स, थ्रिलर, रोमान्स र सोसल ड्रामाको सम्मिश्रण रहेको छ ।

फिल्मले बम बहादुर नामक पात्रको जीवनमा चार दशक पहिले भएका घटनाहरूको छायाले कसरी वर्तमानमा उनको जीवनलाई प्रभावित बनाएको कथा प्रस्तुत गर्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077