Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

जितु नेपाल अभिनित ‘ज्वाइँ साब’को टिजर सार्वजनिक

जितु नेपाल अभिनित ‘ज्वाइँ साब’को टिजर सार्वजनिक

बिहिवार , भाद्र १३, २०८१

काठमाडौं । जितु नेपालको शीर्ष भूमिका रहेको फिल्म ‘ज्वाइँ साब’को टिजर सार्वजनिक भएको छ ।

फूलपातीको अवसर पारेर असोजको २४ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘ज्वाइँ साब’को टिजर सार्वजनिक गरिएको हो ।

जितुलाई गोवर्द्धन पण्डितको भूमिकामा चिनाइएको छ । टिजरमा नीतिको पात्रसँग गोवर्द्धन पात्रको विवाह भएको देखाइएको छ । बुद्धि तामाङ र हिमेश पन्त पनि फिचर्ड छन् ।

विजय बस्याल कार्यकारी निर्माता रहेको फिल्ममा शंकर धितालको लेखन, सविन अधिकारीको कथा, श्याम तामाङको छायांकन, सञ्जय थापाको एक्सन, अर्जुन पोखरेल र महेश ताम्राकारको संगीत छ ।

फिल्ममा रमेश बुढाथोकी, शिशिर बाङ्देल, प्रकाश घिमिरे, नीमा पाण्डे, हिमेश पन्त, शिवहरी वैरागी, राजेन्द्र नेपाली, कविता आले, शिवु पाण्डे, इशान राउतको पनि अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077