Jul 03 2026 | २०८३, आषाढ १९ गते

03 Jul 2026 | शुक्रवार, आषाढ १९ गते २०८३

शुक्रवार, आषाढ १९ गते २०८३
images
images

म भ्रष्टाचार गर्दिनँ भन्ने पवित्र भावका साथ काम गर्नुपर्छ : प्रधानमन्त्री ओली

म भ्रष्टाचार गर्दिनँ भन्ने पवित्र भावका साथ काम गर्नुपर्छ : प्रधानमन्त्री ओली

शुक्रवार , भाद्र १४, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार गर्दिनँ भन्ने पवित्र भावनाका साथ काम गर्नुपर्ने बताएका छन्।

जीवन विज्ञान संस्थाद्वारा सङ्घीय सांसदहरूका लागि आयोजित स्वजागरण कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।

प्रधानमन्त्री ओलीले अनुशासनको पालना गरी सकारात्मक रुपान्तरण गर्न पनि आग्रह गरे।

प्रधानमन्त्री ओलीले भने,'म हिंसा गर्दिनँ, म असत्य बोल्दिनँ, म अरुको अधिकार र सम्पत्तिमा लोभ गर्दिनँ,भ्रष्टाचार गर्दिनँ भन्ने पवित्र भावका साथ हामीले काम गर्नुपर्छ ।'

उनले हजारौँ वर्ष पहिले नेपाली पुर्खाले यसै भूमिबाट सुरू गरेका योगलाई विस्तार गर्नुपर्ने बताए । उनले योगलाई धेरैभन्दा धेरै अभ्यास र प्रयोगमा ल्याउन आग्रह गरे।

प्रधानमन्त्री ओलीले योगमय समाजले शान्ति, सुख र समृद्धि हासिलमा सहयोग पुग्ने बताए। कार्यक्रममा प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, विभिन्न पार्टीका नेताहरू, सांसदहरूको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077