Jul 03 2026 | २०८३, आषाढ १९ गते

03 Jul 2026 | शुक्रवार, आषाढ १९ गते २०८३

शुक्रवार, आषाढ १९ गते २०८३
images
images

रवि लामिछाने भन्छन् - जनस्तरबाट विरोध भएपछि हदम्यादको प्रस्ताव हट्यो

रवि लामिछाने भन्छन् - जनस्तरबाट विरोध भएपछि हदम्यादको प्रस्ताव हट्यो

शुक्रवार , भाद्र १४, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले हदम्यादको विरुद्धमा जनताले प्रश्न उठाएपछि उक्त प्रस्ताव हटेको बताएका छन्।

शुक्रबार राज्य व्यवस्था समितिको बैठकपछि बोल्दै सभापति लामिछानेले यस्तो बताएका हुन्।

उनले मुलुकको हितमा नरहेका विषयलाई अघि बढाउन खोज्दा जनस्तरबाट व्यापक विरोध भएपछि हदम्यादको प्रस्ताव हट्न सफल भएको बताए।

सभापति लामिछानेले हदम्यादको विरुद्ध जनताले उठाएका विषयलाई आफूहरूले सदनमार्फत ध्यानाकर्षण समेत गराएको जिकिर गरे।

ऐनमा स्पष्ट भएका विषयलाई मन्त्रिपरिषद्‍बाट पारित गराइ हुने नीतिगत भ्रष्टाचारलाई पनि रोक्नुपर्ने सभापति लामिछानेको भनाई छ।

यसका लागि भ्रष्टाचार निवारण ऐनलाई संशोधन गर्न बनेको विधेयकलाई थप स्पष्टताका साथ अघि बढाउनुपर्ने सभापति लामिछानेले बताए ।

उनले विधेयकमाथिको अन्य नीतिगत कुरामा पनि निरन्तर रास्वपाको खबरदारी रहने उल्लेख गरे।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077