Jul 03 2026 | २०८३, आषाढ १९ गते

03 Jul 2026 | शुक्रवार, आषाढ १९ गते २०८३

शुक्रवार, आषाढ १९ गते २०८३
images
images

कांग्रेस सभापति देउवाले गरे कानुन विभागमा १० सदस्य मनोनीत

कांग्रेस सभापति देउवाले गरे कानुन विभागमा १० सदस्य मनोनीत

शुक्रवार , भाद्र १४, २०८१

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कानुन विभागमा १० जना सदस्यहरू मनोनीत गरेका छन् ।

सभापति देउवाले विभागमा पार्टीको विधान, २०१७ को धारा २५ (९) बमोजिम १० जना सदस्यहरू मनोनीत गरेका हुन्।

सभापति देउवाले कानुनमा विभागमा थप १० जना सदस्यहरू मनोनीत गरेका छन् ।

कञ्चनपुरका शिवराज पाण्डे, सुर्खेतका कलमबहादुर खत्री, कास्कीका दुर्गाबहादुर सुनार, दाङका दिपकराज गौतम कानून विभागको सदस्य मनोनीत भएका छन् ।

त्यस्तै, सुर्खेतका ध्रुब श्रेष्ठ, रुकुम पश्चिमका रामचन्द्र गौतम, धादिङका खिल गिरी, काभ्रेका मन्दिरा शर्मा, धनुषाका अनिलकुमार कर्ण र संखुवासभाका शोभा घिमिरे पनि उक्त विभागको सदस्यमा मनोनीत भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077