Jul 03 2026 | २०८३, आषाढ १९ गते

03 Jul 2026 | शुक्रवार, आषाढ १९ गते २०८३

शुक्रवार, आषाढ १९ गते २०८३
images
images

सञ्चारमन्त्री गुरुङले भने - देउवा र ओलीको सम्बन्ध बिग्रिँए मात्र यो सरकार ढल्छ

सञ्चारमन्त्री गुरुङले भने - देउवा र ओलीको सम्बन्ध बिग्रिँए मात्र यो सरकार ढल्छ

शनिवार , भाद्र १५, २०८१

पोखरा । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बन्ध बिग्रिँए मात्र यो सरकार ढल्ने बताएका छन्।

कास्कीको पोखरामा शनिबार आयोजित एक कार्यक्रममा बोल्दै सञ्चारमन्त्री गुरुङले यस्तो बताएका हुन्।

सञ्चारमन्त्री गुरुङले भने,‘देउवा र ओलीको सम्बन्ध बिग्रियो भने मात्र सरकार ढल्छ। नत्र उहाँहरू मिलिञ्जेल सरकार चलिरहन्छ । यहाँ ३२ सिटको म्याजिक नम्बरले दुइटै नेतालाई ठगेको हुनाले हामी ठगियौँ भन्ने दुवै नेताले बुझेका छन्।’

उनले माओवादी केन्द्रबाट धोका पाएको कुरा देउवा र ओलीले बुझेकाले पनि सरकार सञ्चालनमा समस्या नआउने बताए।

उनले दक्षिण एसियामा सधैँ नकारात्मक कुराले ठाउँ पाउने र झगडाको विषय मात्र उठाउने गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077