Jul 03 2026 | २०८३, आषाढ १९ गते

03 Jul 2026 | शुक्रवार, आषाढ १९ गते २०८३

शुक्रवार, आषाढ १९ गते २०८३
images
images

महामन्त्री शर्माले भने - दुई पटक मात्रै प्रधानमन्त्री बन्न पाउने प्रस्ताव केन्द्रीय समितिबाट पास हुन्छ

महामन्त्री शर्माले भने - दुई पटक मात्रै प्रधानमन्त्री बन्न पाउने प्रस्ताव केन्द्रीय समितिबाट पास हुन्छ

शनिवार , भाद्र १५, २०८१

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री जतिसुकै लोकप्रिय बनेपनि उसले दुई पटक भन्दा बढी बन्न नपाउने व्यवस्था गर्नुपर्ने बताएका छन् ।

काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री शर्माले यस्तो बताएका हुन् । महामन्त्री शर्माले दुई पटक मात्रै प्रधानमन्त्री बन्ने प्रस्ताव कांग्रेस केन्द्रीय समितिको बैठकबाट पास हुने दाबी गरे।

महामन्त्री शर्माले भने, ‘यो देशमा खालि प्रधानमन्त्री उनैउनै उनै अनुहारहरु भइरहँदै गर्दा नागरिकलाई के चासो छ भने ताजाताजा नेतृत्व कहिले आउँछरु भन्ने चासो छ। त्यसैले मैले एउटा पोलिसी प्रस्ताव गरेको छु। कुनैपनि राजनीतिक दलले कसैलाई पनि राष्ट्रपति बनाउँदा दुई पटक होइन, यो देशको राष्ट्रपति केवल एक पटक मात्रै बनेर शितलनिवासबाट बढा शितल शितल मुद्रामा बिदा भएर जानुपर्छ।’

उनले अहिले केही समस्या रहेको भएपनि त्यसलाई छलफलबाट सहमतिले पास गरेर जाने उल्लेख गरे।

महामन्त्री शर्माले एक पटक राष्ट्रपति बन्न पाउने र दुई पटक मात्रै प्रधानमन्त्री बन्न पाउने दृष्टिकोण बनाएर जानसके भविष्यमा सबै राजनीतिक दलहरुलाई प्रभाव पार्ने समेत बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077