Jul 03 2026 | २०८३, आषाढ १९ गते

03 Jul 2026 | शुक्रवार, आषाढ १९ गते २०८३

शुक्रवार, आषाढ १९ गते २०८३
images
images

प्रचण्डलाई प्रधानमन्त्री ओलीको जवाफ - मैले १७ हजार मान्छे मारेको होर खुट्टा कमाउने !

प्रचण्डलाई प्रधानमन्त्री ओलीको जवाफ - मैले १७ हजार मान्छे मारेको होर खुट्टा कमाउने !

शनिवार , भाद्र १५, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्र आफूहरूले लडेर ल्याएको बताएका छन् ।

क्याप्टेन रामेश्वर थापाको इन्टु द फायर को पुस्तक विमोचन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।

उनले आफूले १७ हजार मान्छे नमारेको भन्दै खुट्टा नकमाउने बताए।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेपाल पनि बंगलादेश र श्रीलंकाजस्तै हुने अभिव्यक्ति दिएपछि प्रधानमन्त्री ओलीले चर्को स्वरमा बोल्दैमा आफूले खुट्टा नकमाउने बताए।

प्रधानमन्त्री ओलीले भने,'हिजोतिर हो कि प्रचण्डजीले बंगलादेश र श्रीलंकाबाट सिक भन्दैथिए। मैले १७ हजार मान्छे मारेको हो र खुट्टा कमाउने ? '

उनले चर्को स्वरमा बोल्ले प्रचण्ड आफैंले बंगलादेश र श्रीलंकाबाट सिक्नुपर्ने बताए। उनले नेपालको आफ्नै पहिचान र संस्कृति रहेको भन्दै बंगलादेशमा जे भयो त्यही भइनहाल्ने बताए।

उनले लोकतन्त्रविरुद्ध आवज उठाउनेहरू नै अहिले ठूलो कुरा गरिरहेको आरोप लगाए। त्यस्तै प्रधानमन्त्री ओलीले आफू ६ दसकदेखि देश बनाउने अभियानमा लागेको र देशको सम्पत्तिमा लोभ नगरेको बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077