Jul 03 2026 | २०८३, आषाढ १९ गते

03 Jul 2026 | शुक्रवार, आषाढ १९ गते २०८३

शुक्रवार, आषाढ १९ गते २०८३
images
images

घन्टी बोकेर मात्रै चुनाव जितिँदैन, जनताको एजेन्डा बोक्नुपर्छ : रवि लामिछाने

घन्टी बोकेर मात्रै चुनाव जितिँदैन, जनताको एजेन्डा बोक्नुपर्छ : रवि लामिछाने

शनिवार , भाद्र १५, २०८१

सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले घन्टी बोकेर मात्रै चुनाव नजितिने बताएका छन् ।

पार्टीको कर्णाली प्रदेश भेलालाई सम्बोधन गर्दै सभापति लामिछानेले यस्तो बताएका हुन् ।

सभापति लामिछानेले अहिलेको गठबन्धन सरकारबाट केही आशा गर्न नसकिने बताए।

सभापति लामिछानेले हदै भए तीन वर्ष बाँडीचुँडी खानेबाहेक अहिलेको गठबन्धनले केही नगर्ने बताए।

सभापति लामिछानेले भने,‘अनुभवी लुटेराको गठबन्धनबाट केही आशा गर्न सकिँदैन, परिवर्तन केही हुने छैन। हदै भए बाँकी तीन वर्ष बाँडिचुँडी खानुहोला, २०८४ मा त घण्टी बज्छ-बज्छ। २०७९ मा झिल्को बन्यौं, २०८४ मा राँको बनेर आउँछौं ।’

तर घन्टी बोकेर मात्रै नजितिने पनि कार्यकर्ताहरूलाई सभापति लामिछानेले बताए। पार्टीमा पहिला लागेको भन्दा पनि प्रतिस्पर्धामा जो अब्बल हुन्छ, उसैले अवसर पाउने बताए ।

ठूला दलहरूले रविलाई सिध्याउन सके रास्वपा सकिन्छ भन्ने सोचेको भए पनि त्यो असम्भव रहेको सभापति लामिछानेको भनाई छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077