Jul 03 2026 | २०८३, आषाढ १९ गते

03 Jul 2026 | शुक्रवार, आषाढ १९ गते २०८३

शुक्रवार, आषाढ १९ गते २०८३
images
images

वर्तमान गठबन्धन बनाउन क्याप्टेन थापाको ठूलो योगदान छ : देउवा

वर्तमान गठबन्धन बनाउन क्याप्टेन थापाको ठूलो योगदान छ : देउवा

शनिवार , भाद्र १५, २०८१

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सत्ता गठबन्धन बनाउन क्याप्टेन रामेश्वर थापाको ठुलो योगदान रहेको खुलासा गरेका छन् ।

क्याप्टेन रामेश्वर थापाद्वारा लिखित पुस्तकको विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले यस्तो बताएका हुन् ।

सभापति देउवाले भने, ‘उहाँले पहिल्यैदेखि मलाई व्यक्तिगत रूपमा पनि धेरै ठुलो मद्दत गर्नुभएको छ । पार्टीलाई पनि । यो कुरा लुकेर लुक्ने कुरा छैन । ओलीजी र मेरोबिचमा नजिक ल्याउने काममा, यो गठबन्धन बनाउने काममा पनि उहाँको धेरै ठुलो योगदान छ । धेरै ठुलो मद्दत गर्नुभएको छ । ’

क्याप्टेन थापाले आफू र प्रधानमन्त्री केपी शर्मा ओलीलाई नजिक ल्याउने काम गरेको उनले बताए ।

उनले क्याप्टेन थापालाई प्रधानमन्त्री ओलीनिकटको व्यक्ति भनेर चिनिने भए पनि थापा सबैलाई सहयोग गर्ने मान्छे भएको उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077