Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राजनराज र मिनाको अभिनय रहेको ‘ए दिदी भिनाजु खै’ तिज गीत सार्वजनिक [भिडियोसहित]

राजनराज र मिनाको अभिनय रहेको ‘ए दिदी भिनाजु खै’ तिज गीत सार्वजनिक [भिडियोसहित]

आइतवार , भाद्र १६, २०८१

काठमाडौँ । राजनराज शिवाकोटी र मिना बर्तौलाको अभिनय रहेको ‘ए दिदी भिनाजु खै’ तीज गीत सार्वजनिक भएको छ ।

हिन्दु नेपाली नारीहरूको महान पर्व तीजलाई मध्यनजर गर्दै गायक शिवाकोटीले आफ्नै शब्द सिर्जनामा सो गीत सार्वजनिक गरेका हुन् ।

सो गीत समिप इन्टरटेन्मेन्ट युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ । गायक तथा संगीतकार राजनराज र गायिका शशिका राईले सो गीतमा स्वर दिएका छन् । भिडियोमा दिदीभाइको प्रेम भावलाई समेटिएको देख्न सकिन्छ ।

भिडियोमा वर्षदिनसम्म आफ्नो माइतीलाई नभेट्दाको पिडा र आफ्नो भाइलाई भेट्दाको खुशीको क्षण देखाइएको भिडियोले राम्रो चर्चा बटुलिरहेको निर्देशक दिलिप समन बताउँछन् ।

त्यस्तै टेलिफिल्म कान्छीमा सासुको भूमिकामा देखिएकी गीता थापा, शृष्टि उग्रकोटी, खेम नेपाली, सुनिल न्यौपाने र सुनिल बुढाथोकीको अभिनय देख्न सकिन्छ ।

त्यस्तै भिडियोमा कलाकारहरु क्रमशः भिमार्जुन ओली, शिव रिमाल, समिप न्यौपानेलगायतको पनि अभिनय रहेको छ । देवेश राईको एरेन्ज रहेको गीतमा विशाल थापाको छायांकन, नकुल खड्काको सम्पादन रहेको छ ।

https://youtu.be/H0oVMi60KGo

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077