Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

त्रिविका ११ क्याम्पस प्रमुख नियुक्त गर्न आवेदन आह्वान

त्रिविका ११ क्याम्पस प्रमुख नियुक्त गर्न आवेदन आह्वान

सोमवार , भाद्र १७, २०८१

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले ११ आंगीक क्याम्पसमा रिक्त क्याम्पस प्रमुख पदमा दरखास्त आह्वान गरेको छ ।

आज सार्वजनिक सूचना जारी गर्दै क्याम्पस प्रमुख छनोट समितिले काठमाडौं उपत्यकाका तीनसहित ११ क्याम्पसका लागि क्याम्पस प्रमुख पदमा दरखास्त माग गरेको हो । सूचना प्रकाशित भएको सात दिनभित्र आवेदन दिनु पर्नेछ ।

समितिले रत्नराज्य लक्ष्मी क्याम्पस प्रदर्शनीमार्ग काठमाडौं, विश्वभाषा क्याम्पस प्रदर्शनीमार्ग काठमाडौं, पाटन संयुक्त क्याम्पस पाटनढोका, ललितपुर क्याम्पस प्रमुख पदमा आवेदन माग गरेको हो ।

सूर्यनारायण सत्यनारायण मोरवैता यादव क्याम्पस सिराहा, त्रिभुवन बहुमुखी क्याम्पस पाल्पा, सुर्खेत शिक्षा क्याम्पस सुर्खेत, पृथ्वीनारायण क्याम्पस पोखरा, बुटवल बहुमुखी क्याम्पस बुटवल क्याम्पस, रामस्वरुप रामसागर क्याम्पस जनकपुर, डोटी बहुमुखी क्याम्पस र जुम्ला क्याम्पसका लागि समितिले दरखास्त मागेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077