Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

बार एसोसिएसनको आन्दोलन स्थगित, पाँच सदस्यीय कार्यदल गठन

बार एसोसिएसनको आन्दोलन स्थगित, पाँच सदस्यीय कार्यदल गठन

सोमवार , भाद्र १७, २०८१

काठमाडौं । नेपाल बार एसोसिएसनको आन्दोलन तत्कालका लागि स्थगित भएको छ ।

न्याय परिषद् नियमावली संशोधनको विपक्षमा रहेको नेपाल बार र सर्वोच्च अदालतको बार बेञ्च समन्वय समितिबीच भएको वार्तापछि आन्दोलन स्थगित भएको हो।

प्रधान्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठको संयोजकत्वमा रहेको समन्वय समितिसँगको वार्तामा नेपाल बारका तर्फबाट अध्यक्ष गोपालकृष्ण घिमिरे र महासचिव अन्जिता खनाल सहभागी भएका थिए।

वार्तापछि निकासका लागि पाँच सदस्यीय कार्यदल गठन भएको छ। सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश प्रकाशमान सिंह राउत, न्याय परिषद् सदस्य वरिष्ठ अधिवक्ता रामप्रसाद भण्डारी (सम्भव), नेपाल बार एसोसिएसनका अध्यक्ष वरिष्ठ अधिवक्ता गोपाल कृष्ण घिमिरे, महासचिव अधिवक्ता अन्जिता खनाल र सदस्य सचिवमा न्याय परिषद्का सचिव यम बहादुर बुढामगर रहने गरी कार्यदल गठन भएको नेपाल बारले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077