Jul 03 2026 | २०८३, आषाढ १९ गते

03 Jul 2026 | शुक्रवार, आषाढ १९ गते २०८३

शुक्रवार, आषाढ १९ गते २०८३
images
images

फेसबुकले हटायो एमाले सांसदबारे बालेनले लेखेको स्टाटस, सचिवालय भन्छ - रिकभर प्रयास हुँदैछ

फेसबुकले हटायो एमाले सांसदबारे बालेनले लेखेको स्टाटस, सचिवालय भन्छ - रिकभर प्रयास हुँदैछ

मंगलवार , भाद्र १८, २०८१

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन)ले एमाले सांसद रेखा शर्माबारे लेखेको स्टाटस फेसबुकले नै हटाएको खुलेको छ ।

मेयर बालेनको सचिवालयका अनुसार धेरै मानिसहरूले रिपोर्ट गरेपछि फेसबुकले मेयर बालेनको स्टाटस हटाएको हो।

हटेको उक्त स्टाटस रिकभर गर्ने प्रयास भइरहेको मेयर बालेनको सचिवालयले जनाएको छ।

धेरै मानिसले एकसाथ रिपोर्ट गरेपछि फेसबुकले नै स्टाटस हटाइदिएको थियो । अहिले सचिवालयले रिकभरको प्रयास गरिरहेको स्रोतले बतायो ।

मेयर बालेनले फेसबुक पेजबाट नेकपा एमाले लुम्बिनी प्रदेश सांसद रेखा शर्माले ८ वर्षदेखि घरेलु कामदार राखेर हिंसा गरेको भन्दै फोटो सहितको स्ट्याटस राखेका थिए।

एमाले सांसद शर्माले बालशोषण गरेको र उनलाई पक्राउ गर्नुपर्ने भन्दै आइतबार स्ट्याटस राखेका थिए। मेयर बालेनले यही स्टाटस इन्टाग्राममा पनि राखेका थिए ।

इन्स्टाबाट भने स्टाटस हटेको छैन । उनले काठमाडौं महानगरले समात्नभन्दा पनि सरकारले केही नगरेको र मुद्दा चलाउन भने पनि बेवास्ता गरेको आरोप लगाएका थिए ।

प्रधानमन्त्री केपी ओलीलाई नै सम्बोधन गरेर हिंसा गर्ने सांसदलाई समाउने कि नसमाउने भनेर बालेनले प्रश्न गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077