Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

सञ्चारमन्त्रीको विवादास्पद अभिव्यक्तिबारे गृहमन्त्रीको प्रष्टीकरण – सबै कुरा मिलिसक्यो !

सञ्चारमन्त्रीको विवादास्पद अभिव्यक्तिबारे गृहमन्त्रीको प्रष्टीकरण – सबै कुरा मिलिसक्यो !

मंगलवार , भाद्र १८, २०८१

धनगढी । गृहमन्त्री रमेश लेखकले सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङको विवादास्पद अभिव्यक्तिको विषय मिलिसकेको बताएका छन् ।

प्रेस युनियन कैलालीले धनगढी विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन्।

सञ्चारमन्त्री गुरुङको अभिव्यक्तिका विषयमा आफूले मन्त्रीसँग कुरा गरेको र त्यो विषय सक्कीसकेको बताए ।

सञ्चारमन्त्री गुरूङले शनिबार पोखरामा प्रेस चौतारीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै आईजीपी बसन्तबहादुर कुँवरको जिब्रो थुत्नुपर्ने भन्दै असंवेदनशील अभिव्यक्ति दिएका थिए।

प्रहरी समायोजनमा असहयोग गरेको भन्दै उनले आईजीपी कुँवरको जिब्रो थुत्नुपर्ने अभिव्यक्ति दिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सचेत गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077