Jul 03 2026 | २०८३, आषाढ १९ गते

03 Jul 2026 | शुक्रवार, आषाढ १९ गते २०८३

शुक्रवार, आषाढ १९ गते २०८३
images
images

संसदीय समितिमा पुगेर आरजुले भनिन् – आई एम सरी !

संसदीय समितिमा पुगेर आरजुले भनिन् – आई एम सरी !

मंगलवार , भाद्र १८, २०८१

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले राजदूत सिफारिस समावेशी नभएको भन्दै माफी मागेकी छन्।

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा बोल्दै परराष्ट्रमन्त्री राणाले राजदूत सिफारिस समावेशी नभएको भन्दै माफी मागेकी हुन्।

परराष्ट्रमन्त्री राणाले राजदूत सिफारिस गर्दा दलित, मधेशी, मुस्लिम समुदायको प्रतिनिधित्व गर्न नसकेको बताईन्।

परराष्ट्रमन्त्री राणाले भनिन्,‘राजदूत नियुक्ति समावेशी भएन। अर्को नियुक्तिमा दलित र मुस्लिमलाई ल्याउने छौं । यसपटक आएन आई एम सरी!’

सांसदहरूले राजदूत समावेशी नभएको भन्दै परराष्ट्रमन्त्रीलाई प्रश्न गरेका थिए ।

जवाफमा परराष्ट्रमन्त्री राणाले राजदूत नियुक्ति समावेशी नभएनको र अर्को नियुक्तिमा दलित र मुस्लिमलाई ल्याउने बताईन् ।

१७ मुलुकका लागि राजदूत प्रस्ताव गर्दा दलित, मधेशी र मुस्लिम समुदायबाट एक जना पनि सिफारिस नगरेको भन्दै सांसदहरुले सरकारमाथि प्रश्न उठाएका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077