Jul 03 2026 | २०८३, आषाढ १९ गते

03 Jul 2026 | शुक्रवार, आषाढ १९ गते २०८३

शुक्रवार, आषाढ १९ गते २०८३
images
images

गृहमन्त्री लेखकले भने - देशमा स्थायी सरकारका लागि कांग्रेस र एमाले मिल्यौँ

गृहमन्त्री लेखकले भने - देशमा स्थायी सरकारका लागि कांग्रेस र एमाले मिल्यौँ

मंगलवार , भाद्र १८, २०८१

कञ्चनपुर । गृहमन्त्री रमेश लेखकले स्थायी सरकारका लागि दुई ठूला मिलेको बताएका छन्।

कञ्चनपुरको पुनर्वास नगरपालिकामा आयोजित बधाई तथा स्वागत कार्यक्रममा बोल्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन्।

गृहमन्त्री लेखकले देशमा स्थायी सरकार निर्माण गरि सुशासन कायम राख्न दुई ठूला दल मिलेको बताए।

उनले तीन–तीन महिनामा सरकार परिवर्तन हुने अवस्था आएकाले देशका सबैभन्दा ठूला राजनीतिक दल मिलेर समीकरण बनाएको बताए।

गृहमन्त्री लेखकले भने,'मुलुकमा विशेष अवस्था सिर्जना भएको हुँदा राम्रो दिशा दिनका लागि दुई ठूला दल मिलेका हौँ।देशमा हरेक परिवर्तनमा दुई ठूला दल मिलेको इतिहास छ ।'

उनले स्थायी सरकार निर्माणपछि देशमा विकास र सुशासन कायम हुने बताए । त्यसैगरी गृहमन्त्री लेखकले नेपाल प्रहरी र सशत्र प्रहरीले सीमित स्रोत साधनमा काम गर्नुपरिरहेको बताए ।

नेपाल–भारत सिमानामा रहेको बिओपीलाई व्यवस्थित गर्नसमेत सरकार गम्भीरताका साथ लागेको गृहमन्त्री लेखकको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077