Jul 03 2026 | २०८३, आषाढ १९ गते

03 Jul 2026 | शुक्रवार, आषाढ १९ गते २०८३

शुक्रवार, आषाढ १९ गते २०८३
images
images

सहकारी ठगी प्रकरण : संसदीय छानबिन समितिको म्याद १५ दिन थप

सहकारी ठगी प्रकरण : संसदीय छानबिन समितिको म्याद १५ दिन थप

मंगलवार , भाद्र १८, २०८१

काठमाडौं । सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिको म्याद थप भएको छ।

प्रतिनिधिसभाको बैठकमा समितिका सभापति सूर्यबहादुर थापाले राखेको १५ दिन म्याद थपको प्रस्ताव सर्वसम्मतिले पारित भएको हो।

प्रतिनिधिसभाको बैठकमा समिति सभापति थापाले समितिको कार्यविधि थप सम्बन्धी प्रस्ताव प्रस्तुत गरेका थिए।

उक्त प्रस्तावलाई बैठकले सर्वसम्मत स्वीकृत गरेपछि समितिको म्याद १५ दिन थप भएको हो।

प्रस्ताव प्रस्तुत गर्दै थापाले समितिले हालसम्म गरेका कामहरूको बारेमा संक्षेपमा जानकारी गराएका थिए।

१५ जेठमा गठन भएको उक्त संसदीय समितिको पहिलो बैठक २२ जेठमा बसेको थियो ।

पहिले समितिको अवधि ३ महिना तोकिएकाले २२ भदौमा समय सकिँदै थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077