Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

नेपालको संविधान र कानुनमा महिला अधिकारको व्यवस्था भइसक्यो, कार्यान्वयन जरुरी छ : राष्ट्रपति पौडेल

नेपालको संविधान र कानुनमा महिला अधिकारको व्यवस्था भइसक्यो, कार्यान्वयन जरुरी छ : राष्ट्रपति पौडेल

मंगलवार , भाद्र १८, २०८१

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संविधान र कानुनले महिलालाई प्रदान गरेका हक अधिकारको वास्तविक कार्यान्वयन जरुरी भएको बताएका छन् ।

प्रथम महिला सविता पौडेलले राष्ट्रपति भवन शीतल निवासमा मंगलबार आयोजना गरेको हरितालिका तिजको शुभकामना आदानप्रदान कार्यक्रममा शुभकामना मन्तव्य राख्दै राष्ट्रपति पौडेलले यस्तो बताएका हुन् ।

उनले महिलाका लागि गरिने व्यवहारमा परिवर्तन हुनुपर्छ भन्ने सोच पनि बिस्तारै विकास हुँदै गएको बताए ।

‘‘आज समाजमा धेरै परिवर्तन आइसकेको छ। महिलाको अवस्था अब यस्तो छैन भन्ने मलाई लाग्दछ। नेपालको संविधान, ऐन कानुनमा महिला अधिकारको धेरै व्यवस्था भइसकेको छ। तर संविधान र कानुनले महिलालाई प्रदान गरेको हक अधिकारको वास्तविक कार्यान्वयन जरुरी छ’’ उनले भने ।

उनले विभिन्न संस्कृति तथा चाडपर्वले देशको मौलिकता कायम गर्ने हुनाले यसको संरक्षण संवर्द्धन र निरन्तरतामा लागि रहनुपर्ने पनि उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077