Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

प्रस्तावित चार राजदूतको संसदीय सुनुवाइ आज

प्रस्तावित चार राजदूतको संसदीय सुनुवाइ आज

बुधवार , भाद्र १९, २०८१

काठमाडौं । संसदीय सुनुवाइ समितिमा बुधबार चार प्रस्तावित राजदूतको सुनुवाइ हुने भएको छ।

बिहान ११ बजे बस्ने समितिको बैठकमा रुस, दक्षिण अफ्रिका, दक्षिण कोरिया र साउदी अरबका लागि प्रस्तावित राजदूतको सुनुवाइ हुन लागेको हो।

रुसका लागि जङ्गबहादुर चौहान, दक्षिण कोरियाका लागि डा. शिवमाया तुम्बाहाम्फे, दक्षिण अफ्रिकाका लागि प्रा।डा। कपिलमान श्रेष्ठ र साउदी अरबका लागि नरेशविक्रम ढकालको सुनुवाइ हुने समितिकी सभापति ईश्वरीदेवी न्यौपानेले जानकारी दिइन्।

सरकारद्वारा प्रस्तावित १७ राजदूतमध्ये अहिलेसम्म ९ जनाको सुनुवाइ सकिएको छ । सुनुवाइ समितिले नाम अनुमोदन गरिसकेपछि राष्ट्रपतिबाट राजदूत नियुक्ति हुने संवैधानिक व्यवस्था छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077