Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

गृहमन्त्री लेखकले भने - संविधान संशोधनको विषयलाई शंकाको घेरामा नराखौं

गृहमन्त्री लेखकले भने - संविधान संशोधनको विषयलाई शंकाको घेरामा नराखौं

बुधवार , भाद्र १९, २०८१

महेन्द्रनगर । गृहमन्त्री रमेश लेखकले संविधान संशोधनको मुद्दाले कसैले पनि झस्किनु नपर्ने बताएका छन्।

महेन्द्रनगरस्थित नेपाल प्रहरी प्रदेश कार्यालयको नवनिर्मित भवनको समुद्घाटन समारोहमा बोल्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन् ।

उनले अहिलेको संविधान जनताका लागि थप उपयोगी बनाउन संशोधन गर्न लागिएको बताए।

गृहमन्त्री लेखकले भने,'संविधान संशोधनको मुद्दा हामीले ल्याएका हौं। अहिलेको संविधानले व्यवस्था गरेको हो,कसैले झस्किनु पदैन । संघीय लोकतान्त्रिक शासन व्यवस्थालाई थप सुदृढ बनाउन र जनताका लागि थप उपयोगी बनाउन संविधान संशोधन गर्नु परेको हो ।'

गृहमन्त्री लेखकले संविधान संशोधनको विषयलाई राजनीतिक शंकाको घेरामा राख्ने अपव्याख्या गर्ने र यसैलाई राजनीति गर्ने उद्देश्य कसैले नराख्न आग्रह गरे।

त्यसैगरी उनले संसदमा भएका दुई ठूला दलहरूबीच सहमति भएर नयाँ राजनीतिक समीकरण बनाएको बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077