Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

पारा ओलम्पिकमा पदक जितेकी पलेशालाई काठमाडौं महानगरले दियो ५ लाख

पारा ओलम्पिकमा पदक जितेकी पलेशालाई काठमाडौं महानगरले दियो ५ लाख

बुधवार , भाद्र १९, २०८१

काठमाडौं । फ्रान्सको राजधानी पेरिसमा जारी पारालिम्पिक २०२४ मा कांस्य पदक दिलाउन सफल पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई काठमाडौं महानगरपालिकाले नगद पुरस्कारसहित सम्मान गरेको छ ।

मेयर बालेन्द्र साह बालेन र उपमेयर सुनिता डङ्गोलले तेक्वान्दो खेलाडी पलेशालाई नगद पाँच लाख रुपैयाँ पुरस्कारसहित सम्मान गरेका हुन्।

त्यस्तै पलेशाका प्रशिक्षक कविराज नेगीलाई पनि महानगरले नगदसहित सम्मान गरेको छ । उनलाई महानगरले ३ लाख नगदसहित सम्मान गरेको हो।

पारालिम्पिक्समा पदक जितेकी तेक्वान्दो खेलाडी पलेशा बुधवार नेपाल​ आइपुगेकी हुन् । ऐतिहासिक पदक लिएर स्वदेश फर्किएकी उनलाई बुधवार काठमाडौंमा 'नगर परिक्रमा' गराइएको थियो।

पारालिम्पिक्समा के ४४ क्याटगोरीअन्तर्गत महिला ५७ केजीमुनिमा प्रतिस्पर्धा गरेकी पलेशाले कास्य जितेकी थिइन् । यो नै नेपाली खेलाडीले ओलम्पिकमा जितेको पहिलो पदक हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077