Jul 03 2026 | २०८३, आषाढ १९ गते

03 Jul 2026 | शुक्रवार, आषाढ १९ गते २०८३

शुक्रवार, आषाढ १९ गते २०८३
images
images

मुख्य प्रतिस्पर्धी भए पनि कांग्रेस र एमालेबीच कुनै मतभेद छैन : देउवा

मुख्य प्रतिस्पर्धी भए पनि कांग्रेस र एमालेबीच कुनै मतभेद छैन : देउवा

बुधवार , भाद्र १९, २०८१

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमालेसँग आफ्नो पार्टीको कुनै मतभेद नरहेको बताएका छन्।

नेपाल निजामती कर्मचारी युनियनले गरेको कार्यक्रममा बोल्दै सभापति देउवाले यस्तो बताएका हुन्।

उनले बहुदलीय प्रजातान्त्रिक प्रणाली र गणतान्त्रिक व्यवस्थाको सम्बन्धमा कांग्रेस र एमालेबीच मतभेद नरहेको बताए ।

एमाले र कांग्रेस मुख्य प्रतिष्पर्धी राजनीतिक दल भएपनि कतिपय ठाउँमा समस्या भए पनि समस्याको समाधान गर्नु नै आफूहरुको कर्तव्य भएको उनले बताए।

यसबारेमा कुनै चिन्ता नलिइकन सरकारले गरेका निर्णयहरूको कार्यान्वयन गर्न उनले कर्मचारीहरूलाई आग्रह गरे।

सभापति देउवाले भने, ‘कांग्रेस र एमालेबीच विगतमा आ-आफ्नो मतभेद होलान् । यो व्यवस्थाको विषयमा कुनै मतभेद छैन । हामी मुख्य प्रतिस्पर्धी हौं, समस्याहरू आउँछन् मिलेर समाधान गर्नुपर्छ । ओली र मैले मिलेर समस्याको समाधान गर्छौ। ’

सभापति देउवाले कर्मचारीको जुन पार्टीप्रति आस्था राख्ने भएपनि सरकारले निर्देशन मान्नुपर्ने बताए। सभापति देउवाले सरकारले दिएको निर्देशन कर्मचारीले नमाने सरकार सफल हुन नसक्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077