Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

पारा ओलम्पिकमा पदक जितेकी पलेशालाई राष्ट्रपति पौडेलले गरे सम्मान

पारा ओलम्पिकमा पदक जितेकी पलेशालाई राष्ट्रपति पौडेलले गरे सम्मान

बुधवार , भाद्र १९, २०८१

काठमाडौं। पाराओलम्पिकमा कास्य पदक विजेत पलेशा गोवर्धनलाई राष्ट्रपति रामचन्द्र पौडेलले सम्‍मान गरेका छन्।

राष्ट्रपति पौडेलले बुधबार राष्ट्रपति भवन शीतल निवासमा दोसल्ला ओढाएर पलेशालाई सम्मान गरेका हुन् ।

राष्ट्रपति पौडेलले पलेशाका प्रशिक्षक कविराज नेगी लामालाई पनि बधाई तथा शुभकामना दिए ।

सम्मान कार्यक्रममा नेपाली सेनाको एक टुकडीले मंगलधुन बजाएर स्वागत गरेको थियो।

गोवर्धनले पेरिस पारालिम्पिक्समा तेक्वान्दोको के ४४ विधाअन्तर्गत महिला ५७ केजीमुनिको प्रतिस्पर्धामा सर्बियाकी खेलाडीलाई पराजित गर्दै कांस्य पदक जितेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077