Jul 03 2026 | २०८३, आषाढ १९ गते

03 Jul 2026 | शुक्रवार, आषाढ १९ गते २०८३

शुक्रवार, आषाढ १९ गते २०८३
images
images

दोधारा चाँदनीलाई देशको सबैभन्दा ठुलो नाका बनाउँछौँ : गृहमन्त्री लेखक

दोधारा चाँदनीलाई देशको सबैभन्दा ठुलो नाका बनाउँछौँ : गृहमन्त्री लेखक

बुधवार , भाद्र १९, २०८१

महेन्द्रनगर । गृहमन्त्री रमेश लेखकले कञ्चनपुरको दोधारा चाँदनीलाई देशको सबैभन्दा ठुलो नाकाका रुपमा विकास गर्ने बताएका छन् ।

बुधबार दोधारा चाँदनी नगरपालिका स्थित ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीको नवनिर्मित भवनको समुद्घाटन समारोहमा बोल्दै दोधारा चाँदनीलाई त्रिदेशीय नाकाका रुपमा विकास गरि देशको सबैभन्दा ठुलो नाकाका रुपमा विकास गर्ने बताए ।

“महाकाली नदीमा चार लेनको पक्की पुल बनिसकेको छ अब दोधारा चाँदनीमा सुुख्खा बन्दरगाह निमार्ण हुन्छ ।” उनले भने–“यो नाकालाई भारत र चीनसंग जोडेर देशकै ठुलो नाकाका रुपमा विकास गछौ ।” उनले निकट भविष्यमा नै दार्चुलाको तिंङ्करमा अध्यागमन कार्यालय स्थापना गर्ने तयारीमा रहेको बताउदै तिंङकरबाट नै मानसरोवर यात्राका लागि सुनिश्चितता हुने बताए ।

“उद्योग, व्यापार वाणिज्य,पर्यटन सबैका लागि महत्वपूर्ण नाकाका रुपमा दोधारा चाँदनीलाई विकास गछौ ।” गृहमन्त्री लेखकले भने–“यो त्यसैगफ गरेको होईन,उहिले उहिले महाकालीमा झोलुङ्गे पुल बनाउछौ भन्दा हास्ने गरेको मैले सुन्या छु अहिले महाकालीमा चार लेनको पक्की पुल बनेको छ गरेपछि त बन्दो रहेछ त ।''

उनले दोधारा चाँदनी सुख्खा बन्दरगाह निमार्ण गर्न छिमेकी मुलुक भारत तयार रहेको बताए । “दुई/तीन महिनाभित्रै सुख्खा बन्दरगाह निमार्णका लागि भारतले टेन्डर आह्वान गर्छ ।” उहाँले दोधारा चाँदनी क्रमिक रुपमा विका भइरहेकोले चिन्ता गर्नुपर्ने विषय नभएको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077