Jul 03 2026 | २०८३, आषाढ १९ गते

03 Jul 2026 | शुक्रवार, आषाढ १९ गते २०८३

शुक्रवार, आषाढ १९ गते २०८३
images
images

प्रचण्डले छुरा तिखारेर बसेका थिए, मैले एक राउण्ड किक् दिए : प्रधानमन्त्री ओली

प्रचण्डले छुरा तिखारेर बसेका थिए, मैले एक राउण्ड किक् दिए : प्रधानमन्त्री ओली

बुधवार , भाद्र १९, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'बाट धोका हुन लागेको थाहा पाएरै नेपाली कांग्रेससँग सत्ता सहकार्य सुरु गरिएको बताएका छन् ।

बुधबार केन्द्रीय मुख्यालय च्यासलमा पोलिटब्यूरो बैठक समापन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै एक पोलिटब्यूरो सदस्यले भने, 'प्रचण्डले छुरा तिखारेर बसेका थिए । तर मैले एक राउण्ड किक् दिएको हो । अहिले असन्तुलित भएर बोल्दैछन् ।’

यस्तै ओलीले मेयर बालेन शाहलाई लक्षित गर्दै आफूहरूसँग ठूलो पार्टी र बलियो संगठन भएकाले फेसबुकमा लेखिने विषयलाई चिन्ता मान्नुपर्ने अवस्था नरहेको पनि बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077