Jul 03 2026 | २०८३, आषाढ १९ गते

03 Jul 2026 | शुक्रवार, आषाढ १९ गते २०८३

शुक्रवार, आषाढ १९ गते २०८३
images
images

अब सभापतिको उम्मेदवार म हुँ, सोच्ने कुरै छैन : शशांक कोइराला

अब सभापतिको उम्मेदवार म हुँ, सोच्ने कुरै छैन : शशांक कोइराला

बुधवार , भाद्र १९, २०८१

चितवन । नेपाली कांग्रेसका नेता डा. शशाङ्क कोइरालाले आगामी महाधिवेशनमा आफू पार्टी सभापतिको उम्मेदवार रहने बताएका छन् ।

आज चितवनमा पत्रकारसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । उनले १५औँ महाधिवेशनमा पार्टी सभापतिको उम्मेदवार बन्ने तयारीमा लागेको बताए ।

आफूले अहिलेसम्म निर्वाचन नहारेको बताउँदै उनले यसपटक महाधिवेशन सभापति निर्वाचित हुने विश्वास व्यक्त गरे ।

नेता कोइरालाले भने, “अब सभापतिको उम्मेदवार म हुँ । सोच्ने कुरै छैन ।”

महाधिवेशन समयमा नै हुनुपर्ने बताउँदै उनले थपे, “सभापति जीले महाधिवेशन समयमा नै गर्नुहुन्छ कि गर्नु हुँदैन भन्ने हो ।”

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077