Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

लोकतान्त्रिक समाजवादी पार्टीको बैठक आज पनि बस्दै

लोकतान्त्रिक समाजवादी पार्टीको बैठक आज पनि बस्दै

बिहिवार , भाद्र २०, २०८१

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज पनि बस्दैछ ।

बुधबारदेखि जारी बैठकमा नेताहरूले बोल्न र नेतृत्वले जवाफ दिन बाँकी रहेकाले आज बिहान ८ बजे पुनः बैठक बस्न लागेको हो ।

आजको बैठकमा आगामी मङ्सिरमा हुने स्थानीय तह उपनिर्वाचनका लागि आवश्यक तयारी, नेताहरूको जिम्मेवारी हेरफेर, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवस्थाबारे समीक्षा, महाधिवेशनको मिति र स्थानबारे छलफल हुने पार्टी प्रवक्ता सुभाष लाभले जानकारी दिए ।

बैठकमा अधिकांश नेताहरूले संविधान संशोधनका लागि पार्टीको प्रस्ट दृष्टिकोण बनाउन माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077