Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

मावलीघरमा भोज खान आएका ३ दिदी-बहिनीका ३ जना छोरा एउटै पोखरीमा डुबे

मावलीघरमा भोज खान आएका ३ दिदी-बहिनीका ३ जना छोरा एउटै पोखरीमा डुबे

बिहिवार , भाद्र २०, २०८१

धनुषा । मावलीघरमा भोज खान आएका तीन बालकको पोखरीमा डुबेर मृत्यु भएको छ ।

धनुषाको लक्ष्मीनिया गाउँपालिका-७ लक्ष्मीनियामा रहेको पोखरीमा डुबेर बुधबार साँझ उनीहरूको मृत्यु भएको हो ।

मृत्यु हुनेमा १० वर्षीय आदित्यकुमार साह, नौ वर्षीय आयुष साह र १४ वर्षीय सुशान्त साह रहेका छन् ।

मावलीतर्फका हजुरबुबा महावीर साहको घरमा भोज खान आएका बालकहरू नजिकैको पोखरीमा पौडी खेल्न जाँदा डुबेको आशङ्का गरिएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।

मृतक बालकहरू साहका तीनवटा छोरीका छोरा रहेको बताइएको छ । साँझ करिब ७ः३० बजेतिर पोखरीमा बालकको शव भेटिएको थियो । सबै जना भोजमा व्यस्त रहेका बेला उनीहरू पौडी खेल्न गएका थिए ।

तीनै जनाको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077