Jul 03 2026 | २०८३, आषाढ १९ गते

03 Jul 2026 | शुक्रवार, आषाढ १९ गते २०८३

शुक्रवार, आषाढ १९ गते २०८३
images
images

निर्मला पन्त हत्या प्रकरणलाई गम्भीरताका साथ लिएको छु, सुक्ष्म अनुसन्धान हुन्छ : गृहमन्त्री लेखक

निर्मला पन्त हत्या प्रकरणलाई गम्भीरताका साथ लिएको छु, सुक्ष्म अनुसन्धान हुन्छ : गृहमन्त्री लेखक

बिहिवार , भाद्र २०, २०८१

महेन्द्रनगर । गृहमन्त्री रमेश लेखकले निर्मला पन्त हत्या प्रकरणको सुक्ष्म रुपमा अनुसन्धान हुने बताएका छन ।

बिहिबार महेन्द्रनगरमा प्रेस युनियन कञ्चनपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले निर्मला पन्त हत्या प्रकरणलाई गम्भीरताका साथ लिएको बताएका हुन् ।

“यो प्रकरण मैले गमभीरताका साथ लिएको छु यो घटनाको सुक्ष्म ढंगले अनुसन्धान हुन्छ,” उनले भने । त्यसैगरि पत्रकार सम्मेलनमा उनले कञ्चनपुरको दोधारा चाँदनीलाई देशको सबैभन्दा ठुलो नाकाका रुपमा विकास गर्ने बताए ।

“कञ्चनपुरलाई त्रिदेशीय नाका बनाउने कुरा अघि बढिसकेको छ', उनले भने,'निकट भविष्यमा नै दार्चुलाको तिंङ्करमा अध्यागमन कार्यालय स्थापना गर्ने तयारीमा निर्णय भएको छ यसले चीन संग जोड्छ ।”

दोधारा चाँदनी सुख्खा बन्दरगाह निमार्ण गर्न छिमेकी मुलुक भारत तयार रहेको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077