Jul 03 2026 | २०८३, आषाढ १९ गते

03 Jul 2026 | शुक्रवार, आषाढ १९ गते २०८३

शुक्रवार, आषाढ १९ गते २०८३
images
images

प्रधानमन्त्री ओलीलाई प्रचण्डको जवाफ – जनताको राउण्ड किक् कस्तो हुन्छ अब हेर्नुहोला !

प्रधानमन्त्री ओलीलाई प्रचण्डको जवाफ – जनताको राउण्ड किक् कस्तो हुन्छ अब हेर्नुहोला !

बिहिवार , भाद्र २०, २०८१

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले संविधान विपरीतका अभिव्यक्ति दिनेहरुको भण्डाफोर गर्न कार्यकर्तालाई निर्देशन दिएका छन्।

शहीदद्वय शेरमान कुँवर र मोहनचन्द्र गौतमको स्मृतिमा पेरिसडाँडामा आयोजित श्रद्धाञ्जली कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो निर्देशन दिएका हुन्।

अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गर्दै संविधान विपरीतका अभिव्यक्ति दिइरहेको भन्दै त्यसको भण्डाफोर गर्न निर्देशन दिए।

उनले सहिदहरूका बलिदानका कारण प्राप्त राजनीतिक उपलब्धि उपभोग गरेर बलिदानीपूर्ण संघर्षमाथि नै धावा बोल्ने छुट कसैलाई नभएको बताए।

प्रधानमन्त्रीमै बसेका नेताले आफूले गरेको ठगी, बेइमानी र जालजेझलाई ‘प्रचण्डलाई राउण्ड किक हानेको’ भनेर पनि बोलेको आफूले सुनेको प्रचण्डको भनाइ छ।

उनले भने, ‘प्रचण्डलाई राउण्ड किक् हानेको भनेर पनि बोलेछन् प्रधानमन्त्रीमा बसेका मान्छेले । अब जनताको राउण्ड किक कस्तो हुन्छ तिनले देख्नेछन् ।’

प्रधानमन्त्री ओलीले प्रचण्डलाई राउण्ड किक् हानेको भनेर दिएको अभिव्यक्तिको पनि प्रचण्डले जवाफ फर्काए।

प्रधानमन्त्री ओलीले बुधबार च्यासलमा आयोजित पोलिटव्युरो बैठकमा प्रचण्डलाई लक्षित गर्दै 'एक राउण्ड किक दिएको, असन्तुलित अभिव्यक्ति दिँदैछन्' भन्ने अभिव्यक्ति दिएका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077