Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

डीआईजी कार्कीको शब्दमा ‘फूलको बासना सरी’ गीत सार्वजनिक [भिडियोसहित]

डीआईजी कार्कीको शब्दमा ‘फूलको बासना सरी’ गीत सार्वजनिक [भिडियोसहित]

शनिवार , भाद्र २२, २०८१

काठमाडौं । नेपाल प्रहरीका नायव महानिरीक्षक (डीआईजी) दान बहादुर कार्कीको शब्द रचनामा 'फूलको बासना सरी' गीत सार्वजनिक भएको छ ।

शनिबार 'नेपाल प्रहरी' र 'आरटी इन्टरटेन्टमेन्ट' युट्युब च्यानलबाट सो गीत सार्वजनिक गरिएको हो ।

सो गितमा चर्चित संगीतकार दीपक शर्माले संगीत भरेका छन् । गीतमा चर्चित गायक राजेश पायल राई, मेलिना राई, बेनिसा पौडेल र गायक समीर खरेलको स्वर रहेको छ ।

गीतमा रमेश उप्रेती, प्रियंका कार्की, प्रकाश सपुत र बेनिशा हमालको अभिनय देख्न सकिन्छ ।

गीतको भिडियो निर्देशन चर्चित निर्देशक गम्भीर बिष्ट र कन्सेप्ट सरोज ओलीको रहेको छ । सो गीतमा नेपाल प्रहरीको पीडा र भावना समेटिएको छ । डीआईजी कार्की नेपाल प्रहरीका प्रवक्तासमेत हुन् ।

https://youtu.be/W7cEAvycjjs

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077