Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

कोरोना बीमाको रकम भुक्तानी माग गर्दै सरकारविरुद्ध सर्वोच्चमा रिट दायर

कोरोना बीमाको रकम भुक्तानी माग गर्दै सरकारविरुद्ध सर्वोच्चमा रिट दायर

आइतवार , भाद्र २३, २०८१

काठमाडौं । काेराेना बीमा रकम भुक्तानी माग गर्दै सरकारविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ।

सहमतिअनुसार कोरोना बीमा रकम भुक्तानी नगरेको भन्दै नेपाल बीमक संघले सरकारलाई विपक्षी बनाउँदै रिट दायर गरेको हो ।

कोरोना बिमाको मापदण्ड अनुसार सरकारले दिनुपर्ने रकम नदिँदा बीमितको रकम फिर्ता दिन नसकिएको भन्दै उक्त रकम माग गरिएको बीमक संघले जनाएको छ ।

रिट निवेदनमाथि सोमबार बिहान १० बजे पेशी तोकिएको छ। संघले सो रकम भुक्तानी गराइ पाउँ भन्दै अन्तरिम आदेश माग गरेको छ ।

बीमा कम्पनीहरूले कोरोना बीमाको करिब ११ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077