Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

कैलालीमा नदीमा डुबेर किशोरी बेपत्ता

कैलालीमा नदीमा डुबेर किशोरी बेपत्ता

आइतवार , भाद्र २३, २०८१

कैलाली । कैलालीको खुटिया नदीमा डुबेर आइतबार एक किशोरी बेपत्ता भएकी छन् ।

बेपत्ता हुनेमा धनगढी उपमहानगरपालिका–१४, जीगाउँकी १६ वर्षीया जेनिसा अवस्थी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक कविन्द्र बोहराले जानकारी दिए ।

उनका अनुसार, धनगढी–१५ र ७ को बीचमा पर्ने वेली पुलनजिकै खुटिया नदीमा नुहाउने क्रममा जेनिसा र उनकी बहिनी १४ वर्षीया सवी अवस्थी डुबेका थिए ।

प्रहरी र स्थानीयको सहयोगमा सवीको उद्धार गरिएको थियो । जेनिसा भने बेपत्ता छिन् । सवीको अवस्था गम्भीर रहेको र बेपत्ता जेनिसाको खोजी भइरहेको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077