Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

शिक्षामन्त्री भट्टराईको निर्देशन - प्रविधिसँग जोडेर नयाँ पाठ्यक्रम बनाउनू

शिक्षामन्त्री भट्टराईको निर्देशन - प्रविधिसँग जोडेर नयाँ पाठ्यक्रम बनाउनू

आइतवार , भाद्र २३, २०८१

भक्तपुर । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले साक्षरताको सूचक प्रविधिसँग जोडेर नयाँ पाठ्यक्रम बनाउन निर्देशन दिएका छन् ।

आइतबार ५८औँ अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा भक्तपुरको सानोठिमीस्थित शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा आयोजित कार्यक्रममा मन्त्री भट्टराईले यस्तो बताएकी हुन् ।

उनले साक्षरताविना शिक्षा र शिक्षाविना विकास सम्भव नहुने भएकाले समयसापेक्ष यसको विकास गर्न सबै लाग्नुपर्नेमा जोड दिइन् ।

'सरकार एक्लैको प्रयासले निरक्षरता उन्मूलन हुँदैन, सबै सरोकारवालाको सहभागितामा र सहयोगमा सरकारले काम गर्छ । आफ्नै मातृभाषामा सिक्ने अवसर प्रदान गर्न सरकारले प्रतिबद्ध छ, त्यसका लागि आवश्यक नीति निर्माण र कार्यान्वयनमा लाग्नु आवश्यक छ,' उनले भनिन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077