Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

सवारी साधन एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु

सवारी साधन एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु

सोमवार , भाद्र २४, २०८१

मुग्लिन । चितवनमा कन्टेनर र मोटरसाइकल एकापसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका-१५ का ३४ वर्षीय जीवन मग्राती रहेका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार वीरगञ्जबाट कुखुराको दाना लिएर भरतपुरतर्फ आइरहेको ना८ख २८१८ नम्बरको कन्टेनर र विपरीत दिशाबाट गइरहेको बागमती प्रदेश०६-००३प ४८५१ नम्बरको मोटरसाइकल आज बिहान रत्ननगर नगरपालिका-३ शान्तिचोकमा एकापसमा ठक्कर खाँदा मोटरसाइकल चालक रत्ननगर-१५ का ३४ वर्षीय जीवन मग्राती गम्भीर घाइते भएका थिए ।

घाइते मग्रातीको उपचारका क्रममा आज बकुलहर अस्पताल टाँडीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भेषराज रिजालले बताए।

ठक्कर दिने कन्टेनर र चालक बाराको गडीमाई नगरपालिका-५ का ३६ वर्षीय श्यामसुन्दर सहनीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077