Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

कृष्ण गौतमको 'अद्वैत'लाई पद्मश्री साहित्य पुरस्कार प्रदान गर्ने निर्णय

कृष्ण गौतमको 'अद्वैत'लाई पद्मश्री साहित्य पुरस्कार प्रदान गर्ने निर्णय

सोमवार , भाद्र २४, २०८१

काठमाडौं । २०८० सालको पद्मश्री साहित्य पुरस्कार प्रा कृष्ण गौतमको उपन्यास ‘अद्वैत’ले पाउने भएको छ ।

खेमलाल–हरिकला लामिछाने प्रतिष्ठानले अद्वैतलाई पद्मश्री साहित्य पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

यसैगरी पद्मश्री साधना सम्मान साहित्यिक अभियन्ता तथा चिन्तक पवन कुमार चामलिङलाई प्रदान गर्ने निर्णय भएको छ । चामलिङ भारतको सिक्किम राज्यका पूर्वमुख्यमन्त्री पनि हुन् ।

यस्तै पद्मश्री गौरव पुरस्कार त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति, पूर्व राजदुत तथा नागरिक समाजका अभियन्ता प्रा.डा.केदारभक्त माथेमालाई अर्पण गर्ने निर्णय भएको पनि प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानका अनुसार सबै पुरस्कारहरुको राशी जनही ३ लाख नगद तथा सम्मान पत्र रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077