काठमाडौं । संयुक्त राष्ट्रसंघको ७९औँ महासभा अमेरिकाको न्युयोर्कमा मंगलबारदेखि सुरु हुँदैछ ।
‘कसैलाई पनि पछाडि नछाडौँ : वर्तमान र भावी पुस्ताका लागि शान्ति, दिगो विकास र मानव निष्ठा सुनिश्चित गर्न सहकार्य’ भन्ने नाराका साथ महासभा सुरु हुन लागेको हो ।
राष्ट्रसंघको महासभा भोलिदेखि सुरु हुने भए पनि उच्चस्तरीय साधारण छलफल भने आउँदो असोज ८ गतेदेखि गरिनेछ ।
उक्त छलफल असोज १२ गतेसम्म गरिने र समापन असोज १४ मा हुने कार्यतालिकामा उल्लेख छ ।
नेपालका तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओलीले असोज १० मा महासभालाई सम्बोधन गर्ने राष्ट्रसंघको कार्यतालिकामा उल्लेख छ ।