Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

खोलाले बगाउँदा रुकुममा दुई जनाको मृत्यु

खोलाले बगाउँदा रुकुममा दुई जनाको मृत्यु

सोमवार , भाद्र २४, २०८१

रुकुम। रुकुम पश्चिमको रम्मा खोलाको बाढीले बगाउँदा दुई जनाको मृत्यु भएको छ ।

मुसिकोट नगरपालिका वडा नम्बर ६ र ७ को सिमानामा पर्ने रम्मा खोलाको बाढीले बगाउँदा दुई जनाको मृत्यु भएको हो।

मृत्यु हुनेमा मुसिकोट नगरपालिका ६ की अन्दाजी ३० वर्षीया निर्मला केसी थापा र वडा नम्बर ४ का अन्दाजी ५० वर्षीय सर्जन पुन रहेका छन् ।

रा ६ प २९६१ नम्बरको मोटरसाइकल चढेर आइतबार बेलुकी साँखबाट कानेबाङतर्फ जाँदै गर्दा उनीहरुलाई खोलाले बगाएको थियो ।

प्रहरीका अनुसार मोटरसाइकल निर्मलाले चलाएकी थिइन्। उनीहरुको शव सोमबार बिहान प्रहरीले फेला परेको थियो ।

सर्जनको शव खोला तर्ने स्थानबाट करिब २० मिटर तल मोटरसाइकलले च्यापेको अवस्थामा र निर्मलाको शव करिब तीन सय मिटर तल शरीरको आधा भाग माटोले पुरिएको अवस्थामा फेला परेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077