Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

टेलिकमलाई थप उचाईमा लैजाने नवनियुक्त एमडी पहाडीको प्रतिवद्धता

टेलिकमलाई थप उचाईमा लैजाने नवनियुक्त एमडी पहाडीको प्रतिवद्धता

सोमवार , भाद्र २४, २०८१

काठमाडौं । नेपाल टेलिकमकी प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्यालले पदभार ग्रहण गरेकी छन् ।

भदौ २० गतेको मन्त्रिपरिषद्को निर्णय बमोजिम सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आईतबार पहाडीलाई चार वर्षको पदावधि रहने गरी नियुक्त गरेको हो।

उनले असोज १७ गतेबाट नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी सम्हाल्दै आएकी थिइन् ।

पहाडीले भारतको अलाहावाद युनिभर्सिटीबाट बी.ई. र थाइल्याण्डको एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीबाट एम.ई. गरेकी छन् ।

२०४९ चैत्र २३ बाट तत्कालीन नेपाल दूरसञ्चार संस्थानमा इन्जिनियर पदमा अस्थायी नियुक्ति लिएर सेवा प्रवेश गरेकी उनी २०५१ फाल्गुण १० मा कम्पनीको सेवामा स्थायी नियुक्ति भएकी थिइन्।

२०७८ माघ १८ गते नेपाल टेलिकमको नायव प्रबन्ध निर्देशकमा नियुक्त भएकी पहाडी अबको चार वर्षका लागि प्रबन्ध निर्देशकमा नियुक्त भएकी हुन् ।

पदभार ग्रहण कार्यक्रममा नवनियुक्त प्रबन्ध निर्देशक पहाडीले आफूप्रति सरकारले देखाएको विश्वास र सद्भावका लागि धन्यवाद व्यक्त गर्दै, पदको गरिमा र सबैको आफूप्रतिको विश्वासलाई उच्च प्राथमिकतामा राखेर संस्थालाई थप उचाइमा लैजान आफ्नो पूर्ण उर्जा खर्चिने प्रतिवद्धता व्यक्त गरिन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077